चट्याङ लागेर तिलोत्तमाकी दिपीकाको निधन

प्रकाशित मिति:

तिलोत्तमाको बेहोरामा एक वालिकाको आज साझ चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा १० बेहोंराकी १२ वर्षिया दिपिका ज्ञवाली रहेकी छन् ।
आफनी आमासँगै घाँस काट्न तिलोत्तमा १७ मा रहेको खेतमा गएकी दीपीकालाई चट्याङ लागेको थियो ।चट्याङ लागेर घाइते दीपीकाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख युवराज पाण्डेले बताउनुभयो ।