जेसिज भिलेज बन्दै पर्यटकीय क्षेत्र स्वरेक मैदान

प्रकाशित मिति:

स्याङजा \ स्याङजाको भिरकोट नगरपालिका वडा नं। ५ पर्यटकीय क्षेत्र स्वरेक मैदानलाई जेसिज भिलेज नामाकरण गरिने भएको छ ।
अन्र्तराष्टिय प्यारागलाइडिङ वल्र्ड कप गर्न सफल रहेको यस क्षेत्रमा पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको संसारकै नमुना स्थल बनाउनको लागि जेसिज भिलेज नामाकरण गर्न लागेको हो । वालिङ जेसिजको पहलमा भिरकोट वडा नं।५ नमुना वडा बनाउने उदेश्यले जेसिज भिलेजको अवधारण अघि बढाइएको वडा नं।५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले बताउनु भयो । वालिङ जेसिजले वालिङ नगरपालिका र भिरकोट नगरपालिकाको सहयोगमा भिरकोट नगरपालिका वडा न ५ को करिब १२ सय घरधुरीमा एकेै रङ र एकै छानो बनाउने योजनाका साथ अन्तरक्रिया तथा डस्टविन वितरण गरेको वालिङ जेसिजका अध्यक्ष राजु तिवारीले बताउनु भयो । वालिङ जेसिजले २००८ बाट अघि बढाएको वालिङ नगरपालिकामा ग्रीन सीटी,रोज सीटि र पिङक सिटीको अबधारण अनुरुप काम गरिरहेको हो । गल्याङ र भिरकोटमा जेसिज शाखा जन्माउन सफल वालिङ जेसिज युवाहरु विच निकै सहयोगी संस्थाको रुपमा रहेको छ ।