सुनकोशीमा बालक बेपत्ता

७ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
42 Shares


काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् ।फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिनुभयो ।

स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उहाँले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नसर्ने रोगकै कारण जान्छ ६६ प्रतिशत नेपालीको ज्यान
  • सिरहाको कमला नदिमा हत्या गरी फरार प्रतिबादी पक्राउ
  • सिता माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न
  • ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग
  • बुटवल बहुमुखी क्याम्पसमा रक्तदान सम्पन्न
  • बलियो कानून नहुँदा उपभोत्ताको हित संरक्षण हुन नसकेको बक्ताहरुको भनाई
  • पुर्वअर्थमन्त्री पौडेलद्वारा विभिन्न आयोजनाको निरीक्षण
  • लियो क्लव अफ बुटवलको ३४ औं चार्टरनाईट कार्यक्रम सम्पन्न
  • अन्तर मण्डली ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
  • मानव बेचबिखन विकृति विसंगति बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न