बुटवल जेसीजका युवा घरबारविहीन बुवाआमास‌ंग होली खेले, परोपकारी अध्यक्ष न्यौपाने जसले मानव सेवालाई नगद सहयोग गरे

मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो

प्रकाशित मिति:

बुटवल । विहीबार विहान ८ बजे बुटवल ४ जेसीजचोक ९ जहाँ बुटवल जेसीजको भवन छ  बुटवल जेसीजका युवाहरु भेला भए । सवैको मुहारमा पोतीयको रङ थियो । वरिपरिका मानिसहरुले आज जेसीज चोकमा जेसीजका युवाहरुले रमाईलो गर्ने अनुमान लगाएका थिए । तर त्यो अनुमान विपरित युवाहरुको समुह त्यहाँ धेरैबेर टिकेन, त्यहाँबाट टोली प्रस्थान गर्यो मानव सेवा आश्रम बुटवलको कार्यलय तर्फ । एक पछि अर्को गर्दै बुटवल जेसीजका युवाहरु मानव सेवा आश्रममा भेला भए । सुरु भयो होली मिलन तथा सहयोग हष्तान्तरण कार्यक्रम । बुटवल जेसीजले होलीमा हुने फजुल खर्चलाई कटाएर होली मिलन कार्यक्रमस‌ंगै सहयोग हष्तान्तरण कार्यक्रम गर्यो । यसको सुत्राधार हुनुहुन्थ्यो बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपाने । बुटवल जेसीजको नेतृत्व सम्हाले लगत्तै फरक र प्रभावकारी कार्यक्रम गर्दै आउनु भएका उहाँले जेसीज आस्था अनुसार आफु अघि बढेको बताउनु भयो ।

मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो । जेसीज आस्थामा रहेको उक्त भावलाई शिरोधार्य गर्दै बुटवल जेसीजले मानव सेवा आश्रमलाई नगद दश हजार रुपैया सहयोग गरेको छ । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षता, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे लगाएत पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा न्यौपानेले उक्त सहयोग रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नु भएको हो । मानव सेवा आश्रमले घरबार विहीन ४० जना वुवाआमाहरुलाइ स‌ंरक्षण गरेको छ । ति वुवा आमाको मुहारमा खुसीको रङ भर्न सहयोग कार्यक्रमसंगै उहाँहरुस‌ंग होली खेलेको अध्यक्ष न्यौपानेले बताउनु भएको छ । उहाँले भन्नु भयो  चाडपर्वमा हामीले रमाईलोको लागि खानपिन लगाएत अरुकुरमा धेरै खर्च गर्छौ तर त्यो रमाईलो एकै छिनमा हराएर जान्छ तर मानव सेवामा समर्पित हुदाँ आउने आनन्द दिर्घ कालिन हुन्छ । आज हामी मात्र खुसी भएका छैनौ‌‌ मानव सेवा आश्रममा आश्रय लिनु भएका वुवाआमा पनि खुसी देखिनु भएको छ । उहाँहरुको मुहारमा छाएको खुसीको रङ नै वास्तविक होलीको रङ हो । बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।