सुनचाँदीको भाउ बढ्यो

७ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया

File

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ५९ हजार ७ सय मा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।उहाँका अनुसार सुनको भाउ आज प्रति औंस १३ सय १९ डलर छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया