बुटवलको मुख्य सडकमा जाम हटाउन प्रहरीको नयां जुक्ती

प्रकाशित मिति:

बुटवलको मुख्य सडक जामका कारण हैरानी भएपछि ट्राफिक प्रहरीले नयां जुक्ती शुरु गरेको छ । वाटोमै पार्किङ गरेर सवारीधनी वेपत्ता हुदा लामो समय सडकमा ट्राफिक जाम हुने क्रम बढेपछि प्रहरीले त्यस्ता गाडि शिल गर्ने योजना शु्रु गरेको हो । जसबाट सडकमा राखिएका सवारी साधनलाई ट्राफिक प्रहरीले फलामको सांङलाले वाधेर चांपी लगाउने गरेको छ ।
बुटवल प्रदेशको राजधानी र आर्थिक केन्द्र रहेकोले पनि सवारी चाप र ट्राफिक जामको समस्या बढ्दो क्रममा छ । यसलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई पछिलो दिनमा चुनौती नै देखिएको छ । ट्राफिक व्यवस्थापनका लागि भन्दै पश्चिम क्षेत्रीय ट्राफक प्रहरी बुटवलले पर्किङ निषेधित क्षेत्रमा रहेका सवारी साधनमा साङ्गला बाधेर चापी लागाउन सुरु गरेको हो ।
अव्यवस्थित तवरमा रहेका सवारीले सडकमा ट्राफिक जाम गराउने र ट्राफिक व्यवस्थापनमा चुनौति देखिन थाले पछि यो कार्यक्रम गरिएको क्षेत्रीय ट्राफिक प्रहरीले जनाएको छ ।
आईतवार बुटवलका विभिन्न स्थानमा ट्राफिक प्रहरीले अव्यवस्थित रुपमा पार्किङ गरि राखेका सवारी साधनहरुलाई साङ्लोले बाधेको थियो । तर प्रहरीले यो सुरुवाति चरणमात्र रहेकोले कार माथि कार्यवाही सुरु गरि सकिएको र अवका दिनमा सो कार्यवाही सवै सवारी साधनमा लागुहुने पनि जनाएको छ ।