बर्दघाटका पत्रकारहरु द्वारा होलि मिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

शान्ति तिवारी ,बर्दघाटपश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाका भित्र रहेका पत्रकारहरुको साझा सस्था बर्दघाट संचार क्लवले आज एक कार्यक्रमका बिच होलिमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथिको रुपमा रहनु भएका बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले नगर प्रमुख बस्यालले होली पर्वको आफ्नै सांस्कृतिक मुल्य र मान्यता र यसको सरक्षण समेत गर्नु आजको आवस्यकता रहेको बताउनुभयो । होलीमा आपसी सद्भाव बांड्दै रङ्गहरुमा रमाउदै हर्ष उल्लासका साथ मनाउनु पर्नेमा शर्माले जोड दिनुभएको थियो । शर्माले बर्दघाट सचार क्लबले थालनी गरेको होलिमिलन कार्यक्रमले निरन्तरताको अपेक्षा समेत गर्नु भयो । कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर २ की अध्यक्ष दया दर्लामीले संचारकर्मीहरुले पित्री सतात्मक समाजमा रहेक महिलाका पिडालाई प्राथमिकताका साथ उठान गर्न होलिले थप इट्टाको काम गर्ने बताउनु भयो ।

वडा नम्बर ८ का अध्यक्ष कविराज आचार्यले बर्दघाट नगरपालिकाको बिकासमा पत्रकारिताले ठुलो भुमिका खेलेको उल्लेख गर्दै नगर भित्र रहेका कला सस्कृतिको बिकासमा पत्रकारहरुले जनप्रतिनिधिकरुलाई समेत सचेत गराउने सके नगरको बिकास द्रुतगतिमा हुने बताउनु भयो । कार्यक्रममा गैर सरकरी सस्थाका जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाही, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले,जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्री, ईन्द्रेणी सामाजीक विकास मञ्चका अध्यक्ष बद्रि सुवेदी, चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङ्ग, चिसापानी खानेपानीका अध्यक्ष मोहन गुरुङ्ग, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बर्दघाट संचार क्लवका अध्यक्ष नारायण भण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रकाश न्यौपानेको स्वागत र सचिव रविन शर्मा चापागाईको संचालनमा सम्पन्न भएको हो ।