चलचित्र बिकास बोर्डमा भट्टराईलाई नियुक्त

प्रकाशित मिति:

काठमाडौँ -पुराना अभिनेता तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । डेढ वर्ष कार्यकाल बाँकी रहँदै निकिता पौडेलले राजिनामा दिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

निकिताले राजिनामा दिएपछि सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए । २ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् । उनी निर्मित नयाँ फिल्म यात्रायही चैत २९ मा रिलिज हुँदैछ ।  सयको आसपासमा फिल्ममा अभिनय गरिसकेका उनले आफ्नो मान्छे, कर्मयोद्धाु, सो सिम्पलु, ब्रासलेटु फिल्म पनि निर्माण गरिसकेका छन् । बोर्ड अध्यक्षमा नियुक्त भएसँगै बक्स अफिस कार्यान्वयन गर्नु नै अब उनको मुख्य चुनौती रहेको छ ।