लागु पदार्थ दुर्व्यसन र बिधार्थी जिबनमा आधारित चलचित्र ” सागर” को सुटिङ धमाधम हुदै

प्रकाशित मिति:

बुटवल -जी एस मुभि मेकर्स प्रा लि को ब्यानरमा बन्न लागेको चलचित्र  सागर ुको शुभ मुहूर्त फागुन १५ गते एक कार्यक्रम गरि गरिएको थियो उक्त चलचित्र  सागर ुको सुटिङ बुटवल पाल्पा का रमणीय स्थानमा धमाधम हुदैछ । यो चलचित्र को निर्देशन दिपक परियार ले गरेका हुन् भने उहाँले गरेका चलचित्र फ्रड,तुवाँलो रिलिज को क्रममा रहेका छन् ।

यस चलचित्रमा सुरबीर पण्डित  दारी बा सुरेन्द्र बराल क्षत्री ,धुर्ब कोइराला गिरि प्रसाद सुनार, मान प्रसाद सुबेदी,प्रेम गुरुङ, सागर महत, बिक्रम परियार ,निसा पाण्डे संजना आब्जु ,बिनय उदय ,प्रेम कार्की, दिक्षा के सी,प्रकाश परियार, नारायण श्रेष्ठ, काजी श्रेष्ठ,सुदन गौतम सिड  लगायतको अभिनय रहेको छ ।

चलचित्रमा नरेश पाण्डेको संगीत रहेको छ भने यसको कथा र पटकथा संबाद सुदन गौतम सिड  को रहेको छ भने यस अगाडि उहाँले पटकथा सम्वाद गरेको चलचित्र तुवाँलो रिलिज को प्रखाइमा छ । चलचित्र सागर को निर्माता प्रकाश परियार हुनुहुन्छ ।