शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन

७ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ — रोजगार अनुमति प्रणाली ९इपिएस अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९ र ई–१० भिसामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ ।

पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको ९कमलादी कर्पोरेट शाखाबाहेक० जुनसुकै शाखा र आइएमई–पे तथा इसेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ
  • स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई
  • पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी…
  • बिप्लव समूहद्धारा भोली नेपाल बन्दको आब्हान
  • ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल
  • देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई
  • कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी
  • ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सवका अवसरमा रक्तदान सम्पन्न