मुलुकमा हिन्दु राज्य र राजसंस्थाको पुर्नस्थापना भएरै छाड्ने राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका संयोजक महतोको दाबी

प्रकाशित मिति:

राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका संयोजक किशोरी महतोले मुलुकमा हिन्दु राज्य र राजसंस्थाको पुनस्र्थापना भएरै छाड्ने दाबी गर्नु भएको छ ।
हिन्दु अधिराज्य पुनस्र्थापना अभियानका क्रममा बुटवल आएका महतोले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि ४२ दलीय गठवन्धन बनेको जानकारी दिनुभयो ।
गठवन्धनले मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाको विषयमा जनताहरुको मनोभावना बुझ्ने कार्य जारी राखेको बताउदै संयोजक महतोले त्यसका लागि ७ वटै प्रदेश र मुलुकका मुख्य मुख्य शहरहरुमा अभियान सञ्चालन गर्ने बताउनुभयो।
निर्वाचन आयोगमा दर्ता भएका ४२ दलहरुको भेलाले मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाका लागि आफु नेतृत्वको लोक कल्याणकारी राष्ट्रवादी रावावादी दलको संयोजकत्वमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन गठन गरेको जानकारी गराउदै महतोले ढिलो– चाडो मधेसवादी दल र नेपाली कांग्रेस पनि हिन्दु राज्य पुनस्र्थापनाको एजेण्डामा आउने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी जनताको मुक्तिका लागि भन्दै मधेसी जनतालाई आन्दोलनमा होमिएका उपेन्द्र यादव सरकार मा गएर पार्टीलाई माओवादीकरण गरेको आरोप समेत उहाले लगाउनु भयो ।
कार्यक्रममा बोल्दै गठवन्धनका सह संयोजक शोभाराम थापाले वर्तमान गठवन्धन सरकार लामो समय टिक्न नसक्ने दाबी गर्नुभयो।