प्रधानमन्त्री ओली आज रुपन्देही आउंदै

प्रकाशित मिति:

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउंदैछन् । रुपन्देहीमा शुरु हुन थालेका दुई ठूला आयोजनाहरु तिलोत्तमामा सरकारी मेडिकल कलेजको आयोजना कार्यालय उद्घाटन र बुटवल– नारायणगढ सडक ६ लेनमा स्तरोन्नतिको शिलान्यास गर्न प्रधानमन्त्री ओली रुपन्देही आउंदैछन् । बिहान ११ बजे तिलोत्तमा–१ को नयांमिलमा मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै, प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने आयोजनाको पनि आजै उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा नेता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।