देवीनगरमा नेपाली काँग्रेसको होली मिलन कार्यक्रम

प्रकाशित मिति:

बुटवल,  चैत । बुटवल उपमहानगरपालिका वडा नं। ११ देवीनगरमा नेपाली काँग्रेसले होली मिलन कार्यक्रम गरेको छ । नेपाली काँग्रेस वडा समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले होलीले टुटेका मनहरुलाई जोड्नुपर्ने भनाई राख्नुभयो । उहाँले दुई तिहाई कम्युनिष्टको सरकार प्रति नेपाली जनताको विश्वास गुम्दै गएको बताउँदै सरकार तानाशाही बनेका कारण जनमत गुमाउँदै गएको टुटेको भनाई राख्नुभयो ।वडा सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै महासमिति सदस्य तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ, जिल्ला सदस्य हरिबहादुर आचार्य क्षेत्री, होली मिलन कार्यक्रमकी संयोजक सावित्रा टण्डन लगायतले होलीले आपसी भाईचार र सद्भाव अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।