लुम्बिनी बिकास कोषको गुरुयोजना कछुआ गतिमा अघि बढीरहेको बेला नवनियुक्त कोषका सदस्यसचिव ढकालद्धारा चांसो व्यक्त

१३ श्रावण २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
6 Shares


बुद्धजन्म स्थल लुम्बिनी बिकास कोषको गुरुयोजना कछुआ गतिमा अघि बढीरहेको बेला नवनियुक्त कोषका सदस्यसचिव बिष्णुप्रसाद ढकालले लुम्बिनी गुरुयोजना प्रति चासो देखाउनु भएको छ ।
लुम्बिनी बिकास कोष प्रधान कार्यालय स्थित सदस्यसचिव पदबहाली गर्दै कोषका सदस्यसचिव ढकालले बुद्धजन्म स्थल लुम्बिनीको बिकास सँगै नेपालकै बिकास अन्र्तनिहित सम्बन्ध लुम्बिनी गुरुयोजना प्रति बिशेष चासो देखाउनु भएको हो ।
कोषका नवनियुक्त सदस्यसचिव ढकालले लुम्बिनीलाई बुद्धधर्मालम्बी मात्र नभई बिश्वकै शान्तिगामीहरुको आस्थाकेन्द्रको रुपमा बिकास गर्न लुम्बिनी वरिपरि मारकाट,पशुहत्या,मदिराबेचबिखन नियन्त्रण गर्नुका साथै मापदण्ड बिपरीत बनाईएका उद्योगहरुलाई स्थान्तरण गरि औद्यागिक प्रदूषण समेत रोक्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

लुम्बिनी बिकास कोष वरिपरि लुम्बिनीबासीहरुको जीवनस्तर उकास्न प्याकेजमा खानेपानी बिजुली स्वास्य र शिक्षा बिकासकार्य अघि बढाउनुका साथै कपिलबस्तुको तिलौराकोट ,देवदह र रामग्राम लगायत लुम्बिनी बृहत्तर क्षेत्रका समग्रबिकासका लागि गुरुयोजना बनाई अघि बढने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि साक्यले सानातिना समस्यालाई पन्छयाउदै दलगत स्वार्थ भन्दा माथि उठेर लुम्बिनीको बिकास ऐजेण्डामा एकमत हुन जरुरी रहेको जिकिर गर्नु भयो ।
सो अवसरमा लुम्बिनी बिकास कोषका कार्यकारिणीसदस्य एवं राष्ट्रियसभासदस्य दुर्गाप्रसाद उपाध्याय,कार्यसमिती सदस्य राजेश ज्ञवाली र अमरिका प्रसाद कोहाँर बनस्पतिअधिकृत सब्बीर अहमद खान लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया