मान्छे मार्न र उत्पात गर्न पाइन्न : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

बुटवल, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बम पड्काउन,मान्छे मार्न र उत्पात मच्चाउन नपाइने बताएका छन् । प्रधानमन्त्री ओलीले हिंसा र अशान्तिको युग सकिएको दोहो¥याए । नारायणगढ–बुटवल सडकखण्डको चारलेनमा विस्तार तथा स्तरोन्नती कार्यको शिलान्यास समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले हिंसा र अशान्तिको युुग सकिएको बताउँदै विकास र सुशासनको युुग सुरु भएको बताएका छन् । उनले नेपालमा समृद्धिको लागि सडक सञ्जाल महत्वपूर्ण रहेको बताउँदै अबको ५ वर्ष (२०७५–८०) सम्मको समय सडक युुग हुने पनि बताए । प्रधानमन्त्री ओलीले ५ वर्षभित्र देशका सबै स्थानलाई गुणस्तरीय सडक सञ्जालले जोड्ने गरी काम अघि बढाएका बताए ।
पूर्वपश्चिम राजमार्ग मात्र नभई उत्तर–दक्षिणका राजमार्ग पनि निर्माण र विस्तार हुनुुपर्ने बताउँदै अबदेखि सिद्धबाबा सडकको विषयमा चिन्ता लिन नपर्ने बताए ।

मञ्चबाटै यातायात मन्त्री,मन्त्रालयका सचिवलाई निर्देशन दिँदै लुम्बिनी –तिलौराकोट सडकलाई पनि संशोधन गरी चार लेनको बनाउनुपर्ने बताए । त्यतीमात्र नभई तिलौराकोदेखि महेन्द्र राजमार्गसम्म पनि सडक विस्तार गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णुुु पौडेलले जुनसुुकै हालतमा पनि ४२ महिना भित्र निर्माण सम्पन्न हुनुुपर्नेमा जोड दिए । योजना समयमै निर्माण सम्पन्न मात्र नभई गुणस्तरीय पनि हुन पर्ने उनले बताए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकार समृद्धिको यात्रामा अघि बढेको बताउँदै आगामी वर्षमा दुुई अंकको आर्थिक बृद्धि हुने बताए । शिलान्यास भएको योजना अन्तर्गत बुटवलदेखि नारायणगढसम्म ११३ कि.मि. सडक ४ लेनदेखि ६ लेनसम्म बन्ने छ । बाक्लो बस्ती र जनसंख्या रहेको स्थानमा ६ लेन हुुनेछ भने अन्य स्थानमा औषत ४ लेन बन्नेछ ।