कपिलबस्तुको पैखीबण्डामा आगलागी, १६ घरगोठ नष्ट

८ चैत्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
104 Shares


कपिलवस्तु । कपिलबस्तुको शिवराज नगरपालिका(६ पैखीबण्डामा भएको आगलागीमा १६ घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय बुधई कुर्मीको गोठबाट सुरु भएको आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीले कुर्मीको १ तल्ले कच्ची घर, गोठ जलेको छ भने एउटा गाई जलेर मरेको । दुईवटा गोरु घाइते भएका छन् ।आगलागीले स्थानीय शोनाउल्लाह मिया सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भए लगत्तै स्थानीय, नेपाल प्रहरी र बिभिन्न नगरपालिकाको दमकल आगलागीस्थलमा पुगेका थिए ।आगलागीका कारण ५४ लाख बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया