कछुवा गतीमा अघि बढेको विकासको योजना प्रति सदस्य सचिवको चांसो

१३ श्रावण २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
4 Shares


दाङका बिद्यार्थी संगठनहरुले नेपाल संस्कृत विश्वबिद्यालय बेलझुण्डी अन्तरगतका कार्यालयहरु दाङबाटै सञ्चालन गर्न माग गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा रहेतापनि विश्वविद्यालय अन्तरगतका अनुसन्धान केन्द्र र राष्ट्रिय संस्कृतिक अध्ययन केन्द्र हाल काठमडौंबाट सञ्चालन भइरहेको भन्दै ति कार्यालय दाङबाटै सञ्चालन गर्न माग विद्यार्थी संगठनहरुले गरेका छन् ।
नेकपा निकट अनेरास्वीयू, नेपाली कांग्रेस निकट नेबिसंघ अनेरास्वीय (क्रान्तिकार) र अखिल क्रान्तिकारी विप्लव निकटका विद्यार्थी संगठनले शनिबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रशाद कोईरालालाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेका हुन ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित बेलझुण्डीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगेर विद्यार्थी संगठनका जिल्ला पदाधिकारीहरुले प्रा.डा. कोईरालालाई ज्ञापन पत्र बुझाँउदै विश्वविद्यालय अन्तरगतका अनुसन्धान केन्द्र र राष्ट्रिय संस्कृतिक अध्ययन केन्द्र दाङवाटै संचालन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको अनेरास्वीयु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिए ।
नेबिसंघका कार्यबहाक सभापति टोप बहादुर बुढाथोकीले जहाँ केन्द्रीय कार्यालय रहन्छन् उक्त संस्थाका अनुसन्धान केन्द्रपनि त्यही स्थापना गरिनु सान्दर्भिक हुने तर्क गरे ।
ज्ञापन पत्र बुझाउन अखिल क्रान्तिकारी दाङका अध्यक्ष जंग रोका, विप्लव निकट अखिल क्रान्तिकारी प्रितिमा चौधरीले गएका थिए । विद्यार्थी संगठनका जिल्ला नेताहरुले आफुहरुको माग संवोधन गर्न  विश्व विद्यालय प्रशासन तत्पर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया