नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना,आइसियुमा उपचार हुँदै

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन ।अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन । सिटौलाको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ। सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन ।

डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन ।रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइदै गरिएको कांग्रेस नेता भिमसेनदासप्रधानले जानकारी दिए ।