नेपाललाई दिने सहयोग पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने अमेरिकाको घोषणा

प्रकाशित मिति:

काठमाडौँ — अमेरिकाले नेपाललाई दिने सहयोगलाई बढाएर पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने घोषणा गरेको छ । यो सहयोग कुनै सर्तमा नभएको पनि अमेरिकाले स्पष्ट पारेको छ ।हामीले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको यो सहयोग नगद वा दातृ सहयोग हुने छैनु नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले भने, हामीबीचको साझेदारी कुनै सर्त, ऋण वा कर्जामा बाँधिएर आउँदैन ।

नेपाल सुखी र समृद्ध बनाउनका लागि मद्दत गर्न सीपमूलक तालिम र विश्वव्यापी उत्कृष्ट अभ्यासहरुको प्रयोगमा उक्त रकम खर्च गर्ने बेरीले बताए। अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस आउनु अगाडि नै नेपालको मनसुनलाई ध्यान दिँदै एक कार्यक्रमबीच सहयोग घोषणा गरिएको हो।