नेपालमा लगानीका लागि चीनका गैरसरकारी संस्था नेपालमा

प्रकाशित मिति:

उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था एनजीओ पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्।

आइतबार समाज कल्याण परिषद् र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जबीच ९सिएनआई०बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा र चीनका उप मन्त्री वाङ याजुनको उपस्थितीमा समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट र सिएनआईका सदस्य सचिव जु रुईले तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर गरे।