रुन्खादह मावि गुल्मी मा महायज्ञको तयारि तिब्र

प्रकाशित मिति:

गुल्मी-महायज्ञको हुने दिन नजिकिए सगै गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ बिरबासमा स्थित रुन्खादह मावि ले महायज्ञको तैयारी लाइ पारेको छ । । चैत्र २३ गतेदेखी बैशाख १ गतेसम्म विद्यालयको बिकासको लक्ष्य सहित सो नवाह ज्ञान महायज्ञ आयोजना गरीएको विद्यालयले जनाएको छ ।

विद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षा स्थापना गर्ने, स्मार्ट विद्यालय बनाउने, विद्युतीय पुस्तकालय, उच्चस्तरीय विज्ञान प्रयोगशाखा निर्माण, गुणस्तरीय शिक्षा तथा दिगो रुपमा समाजको आवश्यकतामा टेवा पुर्याउने उद्धेश्यका साथ महायज्ञको आयोजना गरीएको पुर्ब प्र अ तथा मुल समाहरोहको समितिको अध्यक्ष ठाकुर प्रसाद खनाल शर्माले बताए ।
महोत्सबमा विश्व बिख्यात भागवत बाचक युवा सन्त श्री वालयोगेश्वर महाराज श्रीले प्रवचन दिने बताइएकोछ । त्यसैगरी चर्चित भजनमण्डलीद्धारा भजनकृतन तथा झाँकी प्रदर्शन पनि हुने भएका प्रअ देब बहादुर पाण्डेले बताए हालसम्म धेरै क्षेत्रमा पुगी करोडौ रकम संकलन गरी महायज्ञ सफल बनाएका सन्त बालयोगेश्वर महाराज श्रीले प्रवचन दिने भएपछि आयोजक सँगै स्थानीय पनि खुशी भएका छन् ।

विद्यालय पनि आफुले सोँचेअनुसारको अर्थ संकलनको लक्ष्य पुरा हुने कुरामा विश्वास राख्दै अगाडी बढीरहेको छ भने सोही अनुसारको तैयारी तथा प्रचारप्रसारको काम पनि अघि बढाइएको बिधालय ब्याबस्थापन समिति अध्यक्ष तथा मुल समाहरोह समिति सदस्य अनुगमन उप समितिका सह संयोजक कृष्ण प्रसाद पाण्डेले बताए । महायज्ञको अवसरमा १००८ तुलादान हुनेछ । कलशयात्राको दिन हेलिकप्टरबाट १ सय ८ तिर्थक्षेत्रको जल सहित पुष्पवृष्टि गरीने छ । त्यसैगरी शारीरिक रुपमा अस्वस्थ्य भएका ब्यक्तिलाइ सम्मान, ज्येष्ठ नागरीकको सम्मान, ५ हजार भन्दा बढी कन्याको पुजन गरीने छ । महोत्सबमा विद्यालयका भुपुविद्यार्थी, भुपु शिक्षक, भुपु ब्यबस्थापन समिति देखी गुल्मीबासीको सहयोग अपेक्षा गरीएको छ । ठााउठाँउमा स्वागतद्धार तथा ध्वजापतका बाट गाँउपालिकाका धेरै ठाँउलाइ सुसज्जित बनाइएको छ ।प्रत्येकका घरघरमा निमन्त्रण कार्डहरु पुगेका छन् । बजार क्षेत्रमा गेटहरु बनाउने काम धमाधम चलिरहेका छन् ।