सबल नेपालका सम्बादाता पुनहरि बेल्बासे सम्मानित

प्रकाशित मिति:

भैरहवा,रुपन्देही -लुम्बिनी ट्रक यातायात व्यवसायी संघको आठौँ साधारणसभा तथा चौथो अधिवेशनबाट भैरहवा संवाददाता पुनहरि बेल्बासे सम्मानित हुनुभएको छ । लुम्बिनी ट्रक यातायात व्यवसायी संघलाई परेका समस्यालाई समाधान गर्न समाचारका माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार बेल्बासे सम्मानित हुनुभएको हो ।

संघले हरेक अधिवशनमा उत्कृष्ट पत्रकारलाई सम्मानित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै संघका गतिविधिलाई सञ्चारमाध्यमबाट जनमानसमा पु¥याउन सहयोग गरी संस्थाको हितमा कलम चलाएको भन्दै पत्रकार बेल्बासेलाई सम्मान गरेको हो । सम्मानित बेल्बासेलाई नगद, प्रमाण पत्र र खादाले सम्मान गरिएको थियो ।लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगरको आठौँ साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नम्बर ३ (क) का सांसद् सन्तोष कुमार पाण्डेले राजनैतिक ऐजेन्डाले मात्रै व्यवसायीका समस्या समाधान नहुँने भन्दै व्यवसायीहरुलाई परेका समस्यालाई वैज्ञानिक ढङ्गबाट अध्ययन गरेर समाधानको बाटो खोज्नु पर्ने बताउनुभएको छ । अहिले बहुमतको सरकारले राजनीतिमा सिण्डीकेट लगाए व्यवसायीलाई पनि सिण्डीकेट लगाएको भन्ने आरोप लगाएको सांसद् पाण्डेले बताउनुभयो ।व्यवसायी संघ संस्थाहरु सँग छलफल नै नगरी एक्लौटि रुपमा मनोमानी ढङ्गबाट व्यवसायी माथि निरङ्कुस शासन लाद्ने काम गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । सरकारले ट्रक व्यवसायीमाथि सिण्डीकेटको आरोप लगायो तर ट्रक व्यवसायीमा त्यस्तो नभएकोले मन्त्री परिषद्स्तरी निर्णयलाई सर्बोच्च अदालतले गलत ठहरी सकेकोले संस्था नविकरणको लागि बाटो खोलिदिएको बताउँदै दुर्घटना हुँदा समितिले व्यवसायीको हितमा काम गर्न सहज भएको छ । गाडि दुर्घटना हुँदा राज्यबाट बिमा वापत ३ लाख रकम दिन्छ तर घाइतेका आफन्तले ६०÷७० लाखको माग गर्दा समितिले तिर्नु पर्ने जस्ता समस्याले व्यवसायमा समस्या निम्त्याको बताउँदै भारतीय ओभरलोड बोकेका गाडिले नेपालका ट्रक व्यवासयीलाई धरापमा पारेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यातायात क्षेत्रका लागेका संघसंस्थाले ऐक्यबद्धता जनाउँदै सरकारले लगाएको आरोपलाई चिर्नकोलागि संगठिन बन्नु पर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले बताउनुभयो ।नेपाल सरकारले तोकेको भाडा भन्दा २०÷२५ प्रतिशत सम्म भाडा कम गरेर देशैभर ट्रक सञ्चालन गरेका व्यवसायीलाई सिण्डीकेटको आरोप लगाए अनावश्यक दुःख दिने काम भइरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताउनुभयो ।नेपाल अधिराज्यभरका उद्योग वाणिज्य संघहरुले ट्रक व्यवसायीहरुले सिन्डीकेट गरेको भन्ने कोही कतै सुन्नमा नआएको बताउँदै यातायात व्यवसायीलाई सिण्डिकेटको वाहानामा राज्यले दुःख दिएकोले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।यातायात व्यवसायीको सल्लाह सुझाब बिना राज्यले व्यवसायीलाई आकिंत पारेको बताउँदै नेपाल अधिराज्यभर ४ लाख भाडाका सवारी साधन भएको तर हाल १० हजार सवारी साधन मात्रै पञ्जिकरण हुनु भनेको राज्यको नीति व्यवसायीमुखी भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले बताउनुभयो ।यातायात व्यवसायीलाई परेका समस्याहरुलाई समाधान गर्नकोलागि स्थानीय सरकार सदैव तत्पर रहेको सिद्धार्थनगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।उक्त कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी रुपन्देही सचिवालय सचिव पम्फा खनाल, पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेल, यातायात प्रालिको तर्फबाट गोकर्ण पराजुली, संघीय समाजवादी फोरम सिद्धार्थनगरका अध्यक्ष अर्जुन जैसवाल, नेपाली काङ्ग्रेसका क्षेत्रीय उपाध्यक्ष पुरन श्रेष्ठ, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारुमगर, राष्ट्रिय प्रजातन्त्रपार्टीका अजय कुमार गुप्ता, नारायणि ट्रक यातायात व्यवसायीका अध्यक्ष हिराण्डलाल श्रेष्ठ, राप्रपा संयुक्तका कैलाश गुरुङ, उद्योगि शशी न्यौपाने, सुरक्षित यात्रा नेपालका कृष्ण प्रसाद बेल्बासे, स्वतन्त्र मजदुर संघ प्रदेश नं. ५ का अध्यक्ष कृष्ण कडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।त्यस्तै कार्यालयका हरेक गतिविधिलाई छिटोछरीतो ढङ्गबाट सम्पादन गर्ने कर्मचारी गोबिन्द ज्ञवाली, शुशिल ज्ञवाली र अजित कुमार जैसवाल सम्मानित हुनुभएको छ । दुर्घटना नगराई कुशल चालकको रुपमा परिचित पुरुषोतम चौधरी, पदम प्रसाद श्रेष्ठ, इन्द्र बहादुर खाती, धर्मेद्र यादव र सन्जु धवल पनि सम्मानित भएका छन् । सम्मानित सबैलाई सम्मानपत्र, नगदले सम्मान गरिएको छ ।कार्यक्रम संघका अध्यक्ष बिष्णु खरेलको अध्यक्षता, प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नम्बर ३ (क) का सांसद् सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यता, संघका उपाध्यक्ष मधुसुदन आचार्यको स्वागत मन्तव्य र महासचिव रुमाखर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।