श्री श्री श्री १०८ श्रीराम महायज्ञ सुरु

प्रकाशित मिति:

श्री श्री श्री १०८ श्रीराम महाजग मुल आोजक समितिको आयोजनामा श्री श्री श्री १०८ श्रीराम महाजग पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ७ स्थित गणेशपुर टोलमा शनिबार देखी सुरु भएको छ । मुल समितिका अध्यक्ष मुकुन्द यादवको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सासंद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सो महाजग सुरु भएको हो । सो अवसरमा विशिष्ट अतिथिको रुपमा सरावल वडा नम्बर ७ का वडाध्यक्ष ह्हयात खान धनिया, अतिथिहरु मुल समितकिा सल्लाहकार अमरयादव, समाजसेवी गणेश चौधरी, श्रीकान्त प्रसाद हरिजन लगाएत स्थानियबासी, बुधिजिवी, भक्तजनहरुको उपस्थिती रहेको थियो । समाजसेवी श्रीकान्त प्रसाद हरिजनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अमर यादवले गर्नुभएको थियो ।