क्षेत्री समाज नेपालको भेला

प्रकाशित मिति:

बुटवल । क्षेत्री समाज नेपाल प्रदेश ५ र क्षेत्री युवा समाज नेपाल केन्द्रिय तथा प्रदेश ५ को प्रथम भेला बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै क्षेत्री समाज नेपालका केन्द्रय अध्यक्ष प्राध्यापक डाक्टर चन्द्र बहादुर थापाले क्षेत्री समाजका गतिविधिलाई सकृय पार्न आवश्यक रहेको बताए । संविधानले क्षेत्रीहरुको अधिकार कुण्ठित पारेको भन्दै त्यसलाई सूधार गर्न क्षेत्रीहरुको संगठित हुन आवश्यक रहेको बताए ।त्यस्तै, गण्डक प्रदेश प्रदेश सभा सदस्य पुष्पा के.सी.ले देशको अस्तित्व र राष्ट्रिय अखण्डताको सुराक्षा गर्न क्षेत्रीहरुको विशेष भुमिका रहेकोले सरकार र राष्ट्रले क्षेत्रीहरुलाई यसै विर्सन नमिल्ने बताउनु भएको थियो । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले क्षेत्री समाजलाई अझ सकृय संस्थाको रुपमा विकास गर्नुपर्ने बताए । उनीहरुले अन्य विभिन्न जातिगत संगठनहरु एकिकृत भएर आफ्नो हक र अधिकार प्राप्तको लागि संघर्ष गरिरहेको अवस्थामा क्षेत्रीहरु अझै पूर्ण रुपमा संगठित भैनसक्दा क्षेत्री समाज पछाडि परेको तर्क गरे । प्रदेश ५का विभिन्न जिल्लाका जिल्ला सभापतिहरुले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य विष्णु बहादुर कार्कीको स्वागत मन्तव्य रहेको थियो भने क्षेत्री युवा समाज नेपाल रुपन्देहीका संस्थापक युवा अध्यक्ष हरि क्षेत्रीको सञ्चालन रहेको थियो ।