सुरक्षा परिषद विधेयक पास हुन दिन्नौं : नेता खाँण

कम्युनिष्ट पार्टी जनताको सेवक पार्टी हुनै नसक्ने दावी गर्दै उनले काँग्रेस सबै नेपालीको साथी पार्टी भएको बताए

प्रकाशित मिति:

सबल पोष्ट बुटवल, चैत ९— नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद सम्बन्धि विधेयकलाइ कुनैपनि हालतमा सदनबाट पास हुन नदिने बताएका छन । संविधान बिपरित प्रधानमन्त्रीले सेनालाइ आफु अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले काँग्रेसले त्यसलाइ कुनैपनि हालतमा पास हुन नदिने बताएका हुन ।  नेपाली काँग्रेस तिलोत्तमा वडा न ८ ले रुपन्देहीको सुर्यपुरामा आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपुर्ण योगदान गरेकोनेपाली सेनालाइ कमजोर पार्न खोजीए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने बताए । प्रधानमन्त्रीले भएभरको शक्ति आफुसंग राखेर राष्ट्रियतालाइ कमजोर पार्न खोजेको आरोप लगाउदै उनले भने ‘सबैलाइ कमजोर पारेर जे मन लाग्यो त्यही गर्न पाइदैन र त्यसो गर्न दिदैनौ’। सरकारले विप्लव नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगाएर देशमा द्धन्द्ध र मुडभेट निम्त्याएको टिप्पडी गरे । एउटा शक्तिलाइ उत्तेजित बनाएरबमबारी गराउन,काटमार र हिंसा मच्चाउनकालागि प्रतिवन्धको नीति लिइएको आरोप नेता खाँणले लगाए । ‘देशमा बिध्वंस र हिंसा हुन नदिने हो भने बार्ता र संवाद गर्नु पर्छ निषेध होइन’ उनले भने ।

कम्युनिष्ट पार्टी जनताको सेवक पार्टी हुनै नसक्ने दावी गर्दै उनले काँग्रेस सबै नेपालीको साथी पार्टी भएको बताए । शक्ति र सत्तामा नरहदापनि देशभर काँग्रेसप्रति जनताको आकर्षण बढीरहेको दावी गर्दै उनले काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको बताए । ‘दुइतिहाइको सरकारले जनताको जिउ धनको सुरक्षा गर्न सकेन । कर, महङ्गी,भ्रष्टाचार बढ्यो । आर्थिक गतीविधि ओरालो लाग्यो । त्यसैले जनताले काँग्रेसको साथ खोजीरहेका छन’ नेता खाँणले भने । बुटवल–नारायणगढ सडक स्तरोन्नती गर्ने योजनाकाँग्रेस सरकारकै पालामा बनेको बताउदै उनले पुरानै योजनामा काम सुरु हुन नपाउदै प्रम ओली गानाबजाना र उटपट्याङकालागि रुपन्देही दौडाहामा निस्किएको बताए । ‘हामीले महेन्द्र राजमाार्ग ४लेन बनाउने योजना बनायौं । सिमावर्ती सहरहरुमा ६ लेन बाटो बनाउन सुरु गरयौं तर गानाबजाना गरेनौं । प्रम ओली काम गर्नुहुन्न उटपट्याङ्गगर्दै हिड्नु हुन्छ’ नेता खाँणले भने ।  नेपाली काँग्रेस तिलोत्तमा वडा नं ८को आयोजनामा भएको क्रियासीलता बितरण तथा बृद्धबृद्धा सम्मान कार्यक्रममा पार्टीका जिल्ला सभापती अब्दुल रज्जाक,सचिव रामकृष्ण खाँण,क्षेत्रीय सभापती प्रेमबहादुर फौदार,नगरसभापती हरीलाल पाण्डे,महिला संघका सभापती गंगा शाही, वडासभापती केशवराज अर्याल,सचिव राजेन्द्र केशी लगायतले बोल्दै पार्टीलाइ संगठित,बलियो र क्रियासील बनाउदै लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा वडा नं ८ का ४१ जना जेष्ठ नगारिकहरुलाइ प्रमुख अतिथि नेता खाँणले दोसल्ला ओडाएर सम्मान गरेका थिए । सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने २५ जनालाइ पनि नेता खाँणले टिका लगाइ प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा पार्टीका १ सय जना साधारण सदस्यलाइ क्रियासील सदस्यता बितरण गरीएको थियो ।