प्रलेस रुपन्देहीमा गुरुङ

९ चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, ९ चैत । उपभोक्तावादी संस्कृति हावी हुंदै गएको भन्दै लेखक तथा साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले उपभोत्तावादी संस्कृतिले प्रगतिशील लेखकीय आन्दोलनलाई आंच पुराएको बताए । अन्याय, अत्याचार, अराजकता, भ्रष्टाचारको विरुद्व र राष्ट्रियताको पक्षमा लेखकहरुले कलम चलाउनु पर्ने उनीहरुको भनाइ छ ।प्रगतिशील लेखक संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न आंठौ सम्मेलन उद्घाटन कार्यक्रमा बोल्ने लेखकहरुले प्रगतिशील लेखकीय र साहित्यको भूमिका बढेको बताए । उनीहरुले देशमा गणतन्त्र आएपनि सामन्तबाद कायमै रहनुका साथै असमानता, अराजकता, भ्रष्टाचार र वेथिति कायमै रहेकोप्रति चिन्ता गरे ।उक्त कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघका पूर्व केन्द्रिय सदस्य एवं माक्सवादी सैदर्य चिन्तक दिल सहानीले देशमा सांस्कृतिक आक्रमण बढ्दै गएकाले लेखकहरु सचेत हुनुपर्ने अवस्था आएको बताए । उनले देश झनै संकटको अवस्थामा उभिएकाले लेखकहरुले खवरदारी गर्नुको विकल्प नभएको बताए । समालोचक एवं प्रगतिवादी सहित्यकार बालकृष्ण भट्टराईले साहित्यको आधारशीलाका रुपमा रहेको विद्यालयमा पठन संस्कृतिको विकास गर्नुपर्ने बताए ।

उनले प्रगतिशील आन्दोलनमा नियमित रुपमा लागि परेका साहित्यकारहरु गणतन्त्र आयो भन्दैमा ढुक्क हुने अवस्था नरहेको बताए । साहित्यकार प्रा. डा. कपिलदेव लामिछानेले समाज परिवर्तनको लागि साहित्य नै महवपूर्ण हतियार रहेको बताए । सोही कार्यक्रममा प्रलेस प्रगतिशील प्रतिभा पुरस्कारबाट साहित्यकार रुद्र ज्ञवाली र प्रलेस सिर्जशील पुरस्कारबाट लेखक तथा कवि गिरी श्रीष मगरलाई सम्मान गरिएको छ । शाखा अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता सचिव डि आर बन्जाडेको संचालन, उपाध्यक्ष कविराज पौडेलको स्वगतमा भएको कार्यक्रममा प्रलेश प्रदेश ५, का सचिव खोमा तरामु, राष्टिय पार्सद सदस्य ह्दय लेकाली, प्रलेस रुपन्देहीका निवर्तमान अध्यक्ष प्रदीप प्रधान लगायतले आआफ्ना धारण राखेका थिए । सम्मेलनले दलबहादुर गुरुङको अध्यक्षतामा प्रलेस रुपन्देही गठन गरेको छ ।जसको उपाध्यक्ष रोजेश विश्वकर्मा, ज्ञानु केसी, कविराज पौडेल, सचिव श्यामलाल पोखरेल, सहसचिव यज्ञप्रसाद न्यौपाने, कोषाध्यक्ष लक्ष्मी वेलवासे रहकी छन् । सदस्यहरुमा विहानी मगर, पारस राहादी मगर, प्रकाशसिंह राना, टेकराज धिताल, सीता काफ्ले, धनकुमारी अर्याल, हरि पौडेल, प्रकाश जीसी, टेकराज भुसाल लगायत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया