अलएनमा संयुक्त होली सम्पन्न ।

प्रकाशित मिति:

युएईको अलएनमा रहेका नेपाली सामाजिक संघसंस्थाहरुहरुले संयुक्त रूपमा होली पर्व मनाएका छन् । मार्च २१ बिहिवार अलएनमा एनआरएनए अलऐन क्षेत्रीय समन्वय परिषदको संयोजन तथा झापाली समाज अलऐन क्षेत्र समितिको व्यवस्थापनर आयोजना र प्रायोजनमा अलएनमा संयुक्त रूपमा फागुपुर्णिमारहोली पर्व भव्यताका साथ सम्पन्न गरिएको हो । संयुक्त होली कार्यक्रममा प्रवासी नेपाली मञ्च, केन्द्रीय सदस्य लक्ष्मण अधिकारी, एनआरएनए युएई केन्द्रीय सदस्यद्वय कुमारी तामाङ, दिब्या सुब्बा, जनसम्पर्क समिति क्षेत्रीय सभापति जनक सापकोटा, प्रवासी नेपाली मञ्च अलएन क्षेत्र अध्यक्ष सुशिल केसी, मितेरी समाजका उपाध्यक्ष चन्द्र राना ज्ञावत, महासचिव तारा रिजाल, नेपाल मगर संघ अलएन अध्यक्ष यमन घर्ती मगर, झापाली समाज अलऐन अध्यक्ष दिपक अधिकारी, र सुदुर पश्चिम् सेवा समाजका अलएन अध्यक्ष नबराज भट्टज्यु तथा भोजपुर सेवा समाजका केन्द्रीय सल्लाहकार एवं समाजसेवी दिपक श्रेष्ठ, समाजसेवीहरू अनुराग थपलियाज्यु, राजेन्द्र लिम्बुज्यु , एनआरएनए अलऐन क्षेत्रीय समन्वय परिषद सचिव जीवन योन्जन, लगायत अलएनमा कार्यरत नेपाली दाजुभाइदिदीबैनी मिलेर आपसमा हार्दिकता र सदभाव वृद्धि गर्ने उदेश्यले होली कार्यक्रम गरिएको आयोजकले बताए ।  आयोजक मध्ये एक झापाली समाजका प्रमुख उज्वल दाहाल र सरस्वती बॉस्तोलाज्युको कुशल ब्यवस्थापनका कारण संयुक्त होली कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सप्पन्न भएको एनआरएनए युएईका केन्द्रीय सदस्य कुमारी तामाङ्ले बताइन् ।

अलऐनका सम्पुर्ण सामाजिक संघसंस्थाहरू बीचमा सह(अस्तित्वको सिद्धान्तलाई स्वीकार्दै एकता, सहयोग, सहकार्य तथा सामुहिक हितका लागि अग्रसर हुदै समग्र अलऐन क्षेत्रमा सामाजिक सदभाव अभिबृद्धिका लागि यो कार्यक्रमले सकारात्मक प्रभाव परेको झापाली समाज युएईका अलएन अध्यक्ष दिपक अधिकारीले जानकारी दिएका छन् ।  एनआरएनए अलएन अध्यक्ष गोपाल पौडेलले अलएनमा कृयाशिल नेपाली सामाजिक संस्थाहरुबीचको एकता र सहकार्य युएईका लागि मात्रै होइन, विस्वकै नेपालीहरुका लागि उदाहरणीय र अनुकरणीय रहेको र फुटेर होइन, जुटेर मात्रै सामुदायिक हितका लागि काम गर्न सकिने भएका कारण सबै काम र कार्यक्रमहरु मिलेर गर्नुपर्नेमा जोड दिएका छन् ।