बालविवाह बिरुद्ध र्यालीमा सयौं किशोरीहरुको सहभागिता

प्रकाशित मिति:

जीवन परियार \  बुटवल, शुद्धोधन गाउपालिका वडा नं.१ मा बालविवाह बिरुद्ध र्याली तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।सुनगाभा सामुदायिक विकास केन्द्र कञ्चन-४,रुद्रपुर र लुम्बिनी स्काई क्लब शुद्धोधन-१ को आयोजनामा भएको उक्त कार्यक्रम बेलवा स्थित बेलवा नि.मा.विको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको हो।शुद्धोधन-१ का वडाध्यक्ष उदयराज गडेरियाको अध्यक्षता रहेको सो कार्यक्रममा बोल्दै कम उमेरमा विवाह गराई दिदा आमा र बच्चा दुवैको मानसिक र शारीरिक क्षति हुने र प्रभावकारी शिक्षा प्राप्त गर्न नपाउदा विवाहपछि पनि हिंसा सहनुपरेको कार्यक्रम को प्रमुख अतिथि तथा शुद्धोधन  गाउपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताईन्।बालबालिका शिक्षित भए परिवार,समाज र राष्ट्र सक्षम हुने र २० बर्ष मुनि कुनै पनि बालबालिकाको विवाह नगरीदिन उपस्थित अभिभावक समक्ष उनले आग्रह गरिन्।सोही अवसरमा बोल्दै ई.प्र.का.रन्यौराका प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले  बालविवाह गर्नु गराउनु कानुन विपरीत भएको र यस्तो कार्यमा संलग्न सबै कानुनी दायराभित्र पर्ने र सजायको भागेदार हुनुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं.२ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले मधेसी भाषामै संवोदन गर्दै बालबालिकालाई उचित शिक्षा दिएमा नेतृत्वदायी स्थानमा पुग्न सहज हुने तर्फ जोड दिए।कार्यक्रमका अध्यक्ष तथा वडा नं.१ का वडाध्यक्ष उदयराज गडेरीयाले आफ्नो वडामा मधेसी समुदायको बाहुल्यता रहेको हुदा यहाँ बालविवाहको प्रभाव अलिक बढी परेको उनले बताए।सबैको सहयोग रहेमा वडा नं १ लाई पनि लगत्तै बालविवाह मुक्त वडा घोषणा गर्ने तयारीमा रहेको पनि उल्लेख गरे। शुद्धोधन-१, बेलवाचोक बाट सुरु भएको र्याली सम्पूर्ण वडा नं १को परिक्रमा गरि बेलवा नि.मा.वि.को प्राङ्गणमा गएर कोणसभामा परिणत भएको थियोे।पुजा काफ्लेको स्वागत र सुनिल हरिजनको संचालन रहेको कार्यक्रममा स्ट्रोम फाउन्डेसन नेपाल,नमुना एकीकत विकास परिषद्,वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र शुद्धोधन गाउपालिकाको सहयोग रहेको थियो।भने कार्यक्रममा बेलवा नि.मा.वि का प्राचार्य प्रलाहद प्रसाद नाविक,विधालय व्यवस्थापन समिति अध्यक्ष सागर केवट,समयदेवि किशोरी संवाद एस्.एस्.टि अध्यक्ष राम नयन बि.क,लुम्बिनी स्काई क्लब का सदस्य खेदु कोहार,प्रहरी साझेदारी कार्यक्रम जिल्ला सदस्य अजय मल्लाह लगायतले मन्तव्य व्यक्त गरेका थिए।