आगलागीमा दुई बालिकासहित तीन जनाको ज्यान गयो

प्रकाशित मिति:

सिरहा-सिरहाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा दुई बालिका र एक महिलासहित तीन जनाको ज्यान गएकोे छ ।शनिबार अपराह्न धनगढीमाई नगरपालिका १४, अमिलटारमा दीपक धमलाको गोठमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । आगलागीमा परेर दिपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलकी ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

गाईगोठमा जम्मा भएको पतकरहरुमा केटाकेटीले सलाई कोरेर आगो लगाएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ ।स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।त्यसैगरी, कल्याणपुर नगरपालिका(७, भेडियो पूर्वारी टोलमा खाना पकाउने क्रममा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति बनारसीले पराल बालेर खाना पकाउँदै गर्दा कपडामा सल्केर आगलागी भएको थियो । घाइते अवस्थामा उनलाई कर्जन्हामा रहेको फुलकुमारी मेमोरियल अस्पतालमा पुर्‍याइएकोमा शनिबार बिहान ४ बजे मृत्यु भएको थियो । आगलागीबाट उनको घरसमेत जलेको छ भने आगलागीको यकीन विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ ।

थप समाचार