डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारीक विजयी

प्रकाशित मिति:

बुटवल, साउन १४।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन्।

आइतवार सम्पन्न भएको निर्वाचन पछि रातीबाटै शुरु भएको मतगणना सोमबार बिहान सम्पन्न भएको थियो।अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाए पनि अन्तिममा अधिकारी,केसी र श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका थिए।

डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका केसी र अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहेका अधिकारी प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो।

अधिकारीलाई काँग्रेस नेताहरु डा शेखर कोइरालाले समर्थन जनाएका थिए। महामन्त्री डा शशांक कोइरालाले पनि अधिकारीलाई समर्थन जनाएका थिए।

नेपाल ट्रेड युनियन काँग्रेसको महाधिवेशन पछि भएको नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको महाधिवेशनमा फेरि एक पटक प्रधान रुपमा सिटौला हावी देखिएका छन्। ट्रेड युनियनमा उनी निकट पुस्कर आचार्य र उनको प्यानल नै निर्वाचित भएको थियो। नेपाली काँग्रेसको महाधिवेशनमा सिटौला सभापतिको प्रत्यासी हुँदा आचार्य उनका प्रस्तावक नै थिए।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष सात जना, सचिव दुई जना सदस्य २४ जना निर्वाचित गरेको छ।