बिष्णु भगवान नागको ओछ्यानमा सुत्नुको यस्तो रहेछ कारण……

प्रकाशित मिति:

एजेन्सी। चाहे कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छन । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ । हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ । यस चित्रणको खास महत्व छ ।

भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ । समयको मार्गदर्शक(जब संसारमा पाप बढेर गएको थियो, तब विष्णुले विश्वको उद्वार गरेका थिए ।शेषनाग ‘अनन्त’ अर्थात जसको कुनै सीमा छैन, त्यसको प्रतिक हो । भगवान विष्णुले उपयुक्त समयमा मानव जातिको मार्गदर्शन गरेको थियो । यहि कारण उनी सर्पले लपेटिएको देखाइएको हो । विष्णुको अभिव्यक्ति(हरेक पटक संसारलाई मुक्त गर्नका लागि विष्णुले केहि रुप र आकारमा जन्म लिए ।

हिन्दु धर्मका अनुासर शेषनाग भगवान विष्णुको उर्जाको प्रतिक हो, जसमा उनी आरम गर्छन् । सबै ग्रह बस्ने आसन(हिन्दू पौराणिक कथा अनुसार शेषनागले आफ्नो कुन्डलीमा सबै ग्रहलाई राखेको छ । र, उसले भगवान विष्णुको मन्त्रोच्चारण गर्छ ।यदि भगवान विष्णु सम्पूर्ण बम्हान्ड, ग्रह र तारको प्रतिको हो । विष्णुको रक्षक(शेषनाग भगवान विष्णुको केवल आरम गर्ने स्थान मात्र होइन, रक्षक पनि हो । त्यस समयमा भगवान कृष्णलाई जव उनको पिता वासुदेवले जन्मनसाथ जेलबाट घरमा लादै थिए, त्यसबेला शेषनागले तुफानबाट रक्षा गरेका थिए । अर्थात शेषनाग एक रक्षक पनि हुन् ।