बाबुराम भट्टराई २४ गते बुटवल आउने

नयाँ शक्ति पार्टी रूपन्देहीको सचिवालय बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल, चैत । नयाँ शक्ति पार्टी रूपन्देहीको सचिवालय बैठक सम्पन्न भएको छ । नयाँ शक्ति रूपन्देहीको सयोजक किस्मत बिकको अध्यक्षता, ५ नम्बर प्रदेश संयोजक कमल खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएका ेहो । बैठकले यहि चैत मसान्तसम्म ५ महिना, ५ काम, ५ परिणाम अभियान पार्टि सदस्यता नविकरण, नयां सदस्यता वितरण गर्ने , बैशाख मसान्तभित्र रूपन्देहीको सबै नगरपालिका, गाउपालिकामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । चैत मसान्तसम्म जिल्लामा २ हजार पार्टी सदस्य पुराउने निर्णय भएको संयोजक किस्मत विकले बताए । यस्तै नयाँ शक्ति नेपालको केन्द्रिय संयोजक डा. बाबुराम भट्टराईको उपस्थिति २४ गते बुटवलमा रूपन्देहीमा हुने पार्टि अगुवा भेला सम्पन गर्ने निर्णय भएको छ । बैठकलाई प्रदेश नम्बर ५ संगठन बिभाग प्रमुख यज्ञ पोखरेल,पाच नम्बर प्रदेश कार्यालय प्रमुख बिमल गिरीले पनि सम्बोधन गरेका थिए ।