लुम्बिनी ट्रक यातायातको अध्यक्षमा पुनः खरेल

प्रकाशित मिति:

सवलपोष्ट भैरहवा, चैत । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाको आठौँ साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुनः बिष्णु प्रसाद खरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
चौथो अधिवेशनमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्ष सुनिलराज विष्ट, उपाध्यक्षमा ओमप्रकाश थारु, महासचिवमा रुमाखर गौतम, सचिवमा लिला प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बसन्तराज भट्टराई, सदस्यमा रबिन खरेल, सुरेन्द्र कुमार पटेल, राजबिहारी जैसवाल, अमित थापा, दलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा सन्तराम पाण्डे, रामकुण्डल यादव र एकनारायण पाण्डे पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जगत बहादुर रायमाझिले जानकारी दिनुभयो ।