आज चतुर्थी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको १० गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको चतुर्थी तिथि राति १।८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । स्वाती नक्षत्र दिवा ११।३१ बजेसम्म रहनेछ । यसैगरी आज हर्षण योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।६ मा छ भने सूर्यास्त बेलुका ६।१६ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् । आज चतुर्थी तिथि राता वस्तुको प्रयोगसँगै गणेशजीको उपासना शुभ रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्