एसइई परिक्षा आज देखि प्रदेश ५ बाट ७८ हजार,रुपन्देहीबाट १७ हजार विद्यार्थी सहभागी हुदै

प्रकाशित मिति:

बुटवल -आज देखि शुरुभएको यसबर्षको माध्यमिक शिक्षा परीक्षा एसइईे मा प्रदेश ५ बाट ७८ हजार ६ सय ५७ विद्यार्थी सहभागी हुदै छन् ।प्रदेश ५ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक जितबहादुर शाहका अनुसार दाङबाट ११ हजार दुई सय ७६, बाँकेबाट आठ हजार एक सय ७४, बर्दियाबाट सात हजार आठ सय ५५ सहभागी हुँदै छन् ।

त्यसैगरी, कपिलवस्तुबाट सात हजार एक सय १५, पश्चिम नवलपरासीबाट पाँच हजार सात सय ७० विद्यार्थी सहभागी हुँदै छन् ।पाल्पाबाट पाँच हजार ५०, गुल्मीबाट चार हजार नौ सय ११, रोल्पाबाट तीन हजार ६ सय ७३, अर्घाखाँचीबाट तीन हजार पाँच सय ९४ र प्युठानबाट दुई हजार आठ सय ६६ विद्यार्थी सहभागी हुँदै छन् । यीमध्ये प्राविधिकतर्फका दुई हजार ३९ विद्यार्थी रहेका छन् ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ दुई सय र सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार एक सय ७३ सहभागी हुँदैछन् ।१२ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्देशक शाहका अनुसार केन्द्राध्यक्ष तीन सय २३, सहायक केन्द्राध्यक्ष तीन सय ९९ कायम भएका छन् । त्यसैगरी, निरीक्षक तीन हजार आठ सय २६, सहायक कर्मचारी दुई हजार तीन सय ४० खटाइएका छन् । सुरक्षाकर्मी चार हजार आठ सय ४५ परिचालन हुने छ ।प्रदेशमा एसइईको परीक्षा सम्पन्न गर्न दुई करोड ९५ लाख ६७ हजार पाँच सय २५ रुपैयाँ निकासा समेत भएङ्को छ ।