एसइई परीक्षा आजबाट, ४ लाख ७५ हजार ३ परीक्षार्थी सामेल

प्रकाशित मिति:

काठमाडौं – आज आइतबार बाट यो वर्षको एसइई परीक्षा शुरु भएको छ । परीक्षामा मा ४ लाख ७५ हजार ३ परीक्षार्थीले सहभागिता जनउदै छन । प्रदेश सरकारको व्यवस्थापनमा सय पटकको परीक्षा हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्षका ५ हजार ८ सय ८३ र नया कोर्षका ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट विद्यार्थी सहभागि हुदैछन । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ परीक्षर्थी सहभागि हुदैछन् । सबैभन्दा कम प्रदेश ६ मा छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षा दिदैछन् ।

प्रदेश १ बाट ८३ हजार ८ सय १८, २ बाट ७० हजार ५ सय १८, ४ बाट ४८ हजार ६३, ५ बाट ७६ हजार ९ सय ८३ र ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुने भएका छन् । काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुनेछन् ।
साधारणतर्फको अनिवार्य ६ वटा विषयका फरक–फरक बनाइएको छ । गत वर्ष चार किसिमको प्रश्न सोधिएको थियो । प्राविधिक र संस्कृत तर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने भएका छन् । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुने भएको छ । १ हजार ९ सय ६९ परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी, सुरक्षाकर्मी गरी ७२ हजार ६ सय ७१ कर्मचारी परिचालित हुने नियन्त्रक अधिकारीले बताउनुभयो ।