गुल्मी उद्योग बाणिज्य संघ निर्वाचन : नेकपालाई पत्तासाप पार्दै लाेकतान्त्रिक प्यानलकाे जित ! (सूचिसहित)

प्रकाशित मिति:

रमेश विश्वाकर्मा / गुल्मी –  गुल्मी  उद्योग बाणिज्य संघको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित हुनु भएको छ ।संघका निवर्तमान अध्यक्ष समेत रहेका दुर्गा प्रसाद पाण्डेलाई डेढ सय बढी मतले पछि पार्दै भलामी अध्यक्षमा निर्वाचित हुनु भएको हो । संघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो । मतदान पश्चात रातिदेखि नै मतगणना सुरु गरीएको थियो । मतगणना भर्खरै सकिएको छ ।

गुल्मी उद्योग बाणिज्य संघको नेतृत्वका लागि पहिलो पटक राजनीतिक धु्रर्वमा व्यवसायी बाडिएर यस पटक निर्वाचन भएको थियो । निर्वाचनमा काग्रेस सर्मथक व्यवसायीको नेतृत्व भलामीले र नेकपा समर्थक व्यवसायीको नेतृत्व पाण्डेले गर्नु भएको थियो । पाण्डे अध्यक्ष रहेको कार्यसमितिमा भलामी बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । कुल ५६८ मतदाता रहेको गुल्मी उद्योग बाणिज्य संघमा हिजो ५१८ मतदाताले मतदान गरेका थिए ।

 

श्रीप्रसाद भलामी – अध्यक्ष

गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन मत गणनाको अन्तिम नतिजा यस्ताे छ ।

दुर्गा प्रसाद पाण्डेय अध्यक्ष १६७
श्रीप्रसाद भलामी अध्यक्ष ३०४

इश्वरी प्रसाद पौडेल उपाध्यक्ष ३०६
दुर्गाचन्द्र बोहोरा उपाध्यक्ष ११०
विरेन्द्र भुसाल उपाध्यक्ष १७७
मृगेन्द्र प्रसाद श्रेष्ठ उपाध्यक्ष ३२६
राम प्रसाद पन्थी उपाध्यक्ष २८७
रेमलाल पाण्डेय उपाध्यक्ष १४७

तारा प्रसाद भुसाल महासचिव २९४
राम प्रसाद पन्थी महासचिव १७३

फर्शुराम पाण्डेय सचिव १७७
राजकुमार कक्षपति सचिव २८०

इश्वरी प्रसाद बेल्वासे कोषाध्यक्ष २८७
रामु सुनार कोषाध्यक्ष १७१

खड्ग प्रसाद श्रेष्ठ सह कोषाध्यक्ष ११२
मनिराम अर्याल सह कोषाध्यक्ष २०४

अर्जुन कार्की सदस्य २९०
इश्वरी प्रसाद कडेल सदस्य ३१८
खिमलाल पाण्डेय सदस्य १९३
खुसदिन अलि मिया सदस्य १२८
गणेश पाण्डेय सदस्य २७६
गोपाल प्रसाद भुसाल सदस्य २८५
चेतनारायण पाण्डेय सदस्य ३०९
देविराम खनाल सदस्य १२७
निरोज मरासिनी सदस्य २५८
प्रेमनारायण घिमिरे सदस्य १३२
विष्णु प्रसाद अधिकारी सदस्य २९९
यज्ञ प्रसाद पन्थी सदस्य १३३
युवराज पाण्डे सदस्य १७५
लालमणि आचार्य सदस्य १३५
हरिलाल न्यौपाने सदस्य १३९
ज्ञानहरी सापकोटा सदस्य २४०

निर्मला खत्री महिला सदस्य २६९
बालकुमारी कुवंर महिला सदस्य १३४
शिला कुमारी श्रेष्ठ महिला सदस्य ३०८
सिता विश्वकर्मा महिाला सदस्य ११७