पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफ बिरामी

प्रकाशित मिति:

एजेन्सी/ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ स्वास्थ्य अवस्था बिग्रिए पछि अस्पतालमा भर्णा भएकाछन् । उनलाई इस्लामावादको के.पी.आई.एस अस्पतालमा भर्णा गरिएको हो । भ्रष्टाचारको आरोपमा रावलपिंडीको अडियाला जेलमा रहेका शरिफलार्य र्शिष अस्पतालमा पठाउनको लागि सरकारले आदेश दिएको थियो । उनको मुटुमा समस्या रहेको चिकित्सकले जनाएकाछन् । उनको सन् २०१६ मा ओपन हर्ट सर्जरी भएको थियो । उनको किड्नीमा पनि समस्या छ । शरिरमा रगतको समेत कमी देखिएका शरिफको  चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक रहेको चिकित्सकले जनाएकाछन् । जेलमा रहेका उनको पार्टी अहिले इमरानको पार्टी तहरीक ए इंन्साफबाट पछारिएको छ ।