संसद बैठकको तेस्रो अधिवेशन आजबाट सकिँदै, प्रधानमन्त्री ओलीले संवोधन गर्ने

प्रकाशित मिति:

काठमाडौं – संघिय संसदको तेस्रो अधिवेशन आजबाट अन्त्य हुँदैछ । गत पुस १३ गतेदेखि सुरु भएको संसद हिउदे अधिवेशन आजबाट अन्त्य हुने भएको हो । यस्तै आजै प्रतिनिधिसभाको बैठक दुइपटक बस्ने भएको छ । संसद सचीवालयले दिएको जानकारी अनुसार आजको प्रतिनिधिसभाको पहिलो बैठक १ बजे बसिँदै भएको छ र अन्तिम बैठक दिउसो २ बजे बसीँदै छ । यस्तै अन्तिम बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

अब भने संसदको अर्को अधिवेशन बैशाकको तेस्रोसाता सुरु हुने पनि संसद सचिवालयले जनाएको छ । संविधान अनुसार जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने हुन्छ । त्यसैले प्री–बजेट छलफलका लागि बैशाख तेस्रो साताबाट संसदको अर्को बैठक अवहन गर्न सकिने संसद सचिवालयले अनुमान लगाएको छ । साथै गत सालको संसदको वर्षे अधिवेशन भने बैशाख २३ गते संञ्चालन गरिएको थियो । यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक सुरु र अन्त्यको घोषणा गर्ने संवैधानीक व्यवस्था रहेको छ ।

थप समाचार