विपी अन्तराष्ट्रीय समाजवादी आन्दोलनको सम्पती हुन : पुर्व मन्त्री रेवती भुसाल

प्रकाशित मिति:

रुपन्देही । विपी विचार राष्ट्रिय समाज रुपन्देहीको वैकठ समाजका रुपन्देही अध्यक्ष शरद भटराईको अध्यक्षता तथा पुर्व मन्त्री रेवती भुसालको प्रमुख आतीथ्यता तथा सचीव कृष्ण पोखरेलको सन्चालनमा आज वुटवलमा सम्पन्न भएको छ । वैकठमा सहभागीहरुले विपीको विचारलाई सवैको जीवनमा लागु हुने वातावारण निमार्ण गर्नु पर्नेमा जोड दिएका थिए । समाजका सल्लाहाकार तथा प्रदेशसभा संसदका उम्मेदवार विष्णु पोखरेलले अहिलेको दुई तिहाईको सरकार वाट सवै क्षेत्र असन्तुष्ट वन्ने अवस्था श्रृजना भएको वताउनु भयो । त्यस्तै विपी विचार राष्टीय समाजका केन्द्रीय सदस्य राजेन्द्र पन्थले भन्नु भयो विपी भनेको दर्शन भएकाले विश्वको धेरै देशका विद्यार्थिहरुले उहांको विषयमा अध्ययन गरीरहेका छन् । त्यस्तै पुर्व मन्त्री रेवती भुसालले भन्नु भयो विपी नेपालको मात्र सम्पती नभएर अन्तराष्ट्रीय समाजवादी आन्दोलनको सम्पती हुन् । कार्यक्रममा विपी विचार राष्ट्रीय समाज रुपन्देहीले मनोनीत गरेका नगर सभापती तथा क्षेत्रीय सभापतीहरुलाई मनोनय पत्र वितरण गरीएको थियो ।