नेविसंघका नेता, कार्यकर्ता देउवा निवास बूढानीलकण्ठमा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता, कार्यकर्ता सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन् ।आइतबार नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा पुगेका उनीहरुले तदर्थ समिति गठन गर्न माग गरेका हुन् ।

नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन बनेको संगठनलाई तदर्थ समिति गठनको माग उनीहरुको छ । साथै उनीहरुले १२ औं महाधिवेशनको वातावरण तयार गरिदिन आग्रह समेत गरेको ऋषिकेशजंग शाहले बताए । भेटपछि सभापति देउवाले पार्टीमा छलफल गरेर तदर्थ समिति बनाउने प्रतिवद्धता ब्यक्त गरेको उनको भनाई थियो ।