एसइई परीक्षा दिने किशोरीले गरिन् झुण्डिएर आत्महत्या

प्रकाशित मिति:

पाल्पा – पाल्पामा एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् । जिल्लाको गुँगा मा विमा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन् ।

आज(आइतबार) विहान करिब ६:३० बजे बग्नासकाली गाउँपािलका वडा नंं ६ भुटुके बस्ने मुक्त बहादुर विकको छोरी मनिषाले आफ्नै घरको सुत्ने कोठामा काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।  घटनास्थलमा प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयको पाल्पाको टोली पुगेको छ । घटनास्थलमा प्रहरी नायव उपरिक्षकको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घटना के कारणले भयो भन्नेबारे अहिले कुनै जानकारी आएको छैन् ।