कडा सुरक्षा घेरामा १९ बन्दीले दिए एसइई परीक्षा

१० चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
683 Shares


पर्सा – विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् ।

लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए । उनले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताए । कारागार परिसरमा विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको निमित्त प्रमुख भण्डारीले जानकारी दिए । एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कूल २४ परीक्षा केन्द्र तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…