डोजर दुर्घटनामा चालकको ज्यान गयो

प्रकाशित मिति:

संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका४ खेवरिङमा बाटो खन्ने क्रममा आइतबार डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।ज्यान जानेमा डोजर चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका १ घर भएका २१ वर्षीय पतरुस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार राईले बताउनुभयो ।

उहाँका अनुसार, आइतबार बिहान ९ बजेतिर बाटोको माथिबाट ढुङ्गा झरेर डोजरमा लाग्दा डोजर बाटोबाट अन्दाजी ३० मिटर तल खसेर रुखमा अड्किएको थियो । डोजरसँगै तल झरेका चालक श्रेष्ठको घटनास्थलमै ज्यान गएका‍े हो ।स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको र घटनास्थलमा मुचुल्का लगायत थप अनुसन्धानको गरिरहेको छ । मृतक चालकको शवलाई घटनास्थलको मुचुल्का तयार गरेपछि पोष्टमार्टमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदवारीमा ल्याइने प्रनि राईले जानकारी दिनुभयो ।घटनास्थल सदमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्छ