बेलायती सेनामा नेपाली युवतीहरुको आर्कषण

प्रकाशित मिति:

सन् २०२० देखी बेलायती सेनाले नेपाली युवतीहरुलाई पनि सेनामा लिँदै छ ।

काठमाण्डौ /१८ बर्षिय रोशनी राई ले बच्चै हुँदा देखी आफ्ना हजुरबुवा बेलायती सेनामा भएको कारणले पनि कौतुहलता र रमाइलो लाग्थ्यो र आफ्नी हजुरआमालाई नेपाली केटीहरुलाई किन भर्ती नलिएको भनेर सोध्थिन् , तर आज उनको त्यही सपना पुरा गर्दै बेलायतले सेनामा नेपाली युवतीलाई लिने भने पछि खुसी छिन् । तत्काल यसको प्रकृयाको बारेमा बुझ्न पुगेर तयारीमा समेत लागेकी उनलाई परिवारको समेत पुर्ण साथ छ । उता आफ्नै भविश्यको लागि लाहुरे बन्ने सपना बोकेकी १८ बर्षिय आयिसा तामाङको लागि भने त्यति सजिलो छैन । रिटायर्ड नेपाली सेना रहेका उनका बुबा उनलाई यस कार्यको लागि स्विकृती दिदैनन् । उनले पटक पटक उनको बाबुलाई सोध्थिन् ‘बेलायती सेनामा किन केटीहरुलाई भर्ति लिँदैन ?’ बुवाले उनलाई घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै नचाहिने कुरा नगर्न भन्थे , भावुक हुँदै आयिसा भन्छिन् ‘तर मैले मेरो आशालाई कहिल्यै छाडिन’ । शारिरिक रुपमा तन्दुरुस्ती चाहिने यो प्रकृयामा आफुहरु केटाहरु भन्दा कम नभएको बताउने रोशनी भन्छिन् ‘केटाहरु भन्दा हामीमा केही कमी छैन , म मा आत्म बिश्वास छ ’ । परिवारको पहिलो महिला लाहुरे महिला बन्ने इच्छा राखेकी रोशनीलाई कति बेला प्रकृयामा छिरौं भन्ने कुराले सताएको छ । लक्ष्य र सपनालाई अगाडि राखेर हिँडेको आफुको लागि अरु कुरा सामान्य भएको आयिसाको भनाई छ , उनि भन्छिन् ‘मैले नेपाली केटीहरुले पनि गर्न सक्छन् भनेर दुनियालाई देखाउनु छ ’ । सन् २०२० देखी बेलायती सेनाले नेपाली युवतीहरुलाई पनि सेनामा लिँदै छ । (बिबिसी रिपोर्टको आधारमा तयार गरिएको)