४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चार किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौडादानो ग्राम जितपुर८ बस्ने ४३ वषर्ीय शुभनारायण साहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १६ स्थित ईनर्वा चौकी अगाडी सडकमा विभिन्न सवारीसाधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जादै गरेका उनीमाथि शंका लागि प्रहरीले चेकजाँच गरेको थियो ।उनको साथबाट लागूऔषध चरेश ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खुट्टामा कालो पट्टी बाँधेर उनले चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रन सफल भएको थियो ।साहलाई नियन्त्रणमा लिई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।