आठौँ राष्ट्रिय खेलकुदमा रुपन्देहीमा ७ खेल पक्का !

प्रकाशित मिति:

दिपक न्यौपाने/ बुटवल – आठौँ राष्ट्रिय खेलकुदको तयारीको क्रममा संघिय सरकारका खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रुपन्देहीका बिभिन्न खेल मैदानको अबलोकन गर्नुभएको छ । आज आईतवार बुटवल र भैरहवामा रहेका बिभिन्न खेल मैदानको निरीक्षण गर्दै आठौ राष्ट्रिय खेलकुद बैशाखको पहिलो साता हुने संकेत गर्नुभयो । यस अघी राष्ट्रिय खेलकुद परिषदले चैतको अन्तिम साता आठौ राष्ट्रिय खेलकुद गर्ने तयारी गरेको थियो ।

यसैगरी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीमा ७ वटा खेल हुनेभएका छन । जसअन्तर्गत लन टेनिस , सफ्ट टेनिस ,शारिरिक सुगठन , बुद्धी चाल , फल कन्ट्याक्ट् , क्रिकेट पुरुष एकपोल, फिश्लिङ खेल हुने जिल्ला खेलकुद बिकास समिती रुपन्देहीका अध्यक्ष योग गुरुङले जानकारी दिनुभयो ।  अबलोकनको क्रममा मन्त्रालयका सह-सचिब अणप्रशाद न्यौपाने लगायत बिभिन्न खेलकुद क्रमी हरुको उपस्थिती रहेको गुरुङ्ले बताउनुभयो । यसैगरी महिला फुटबल पनि रुपन्देहीमा हुने संभाबना बढेको बताईेएको छ ।