एनआई सी एशिया बैंक बुटवलको बेलवासमा नयाँ शाखा उदघाटन

प्रकाशित मिति:

बुटवल -एनआई सी एशिया बैंक लि.को बुटवल वडा नं १३, रुपन्देही स्थित बेलबास शाखाको एनआई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत श्री कपिल ढकालज्यूबाट  आज भव्य समारोहका बिच समुद्घाटन भएको छ

उक्त शाखाको उद्घाटन समारोहमा श्री ढकालज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराउनु भयो ।उक्त कार्यक्रमलाई बेलवास शाखाका शाखा प्रबन्धक श्री अर्जुन तिमिल्सीनाले संचालन गर्नुभएको थियो । साथै सो कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख श्री तिलक सुन्दर कार्कीले स्वागत मन्तवय व्यक्त गर्दै सामाजिक उत्तरदायित्व स्वरुप महिमा मंच नेपाल, रुपन्देहीलाई ४० थान नकुहिन फोहर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रमा महिला मंच नेपाल, रुपन्देहीकी अध्यक्ष श्रीमती मधुकला कुवँरले बैंकले शाखा उदघाटन समारोहमा सामाजिक उत्तरदाहित्तव स्वरुप गरेको सराहनीय कामको प्रशंसा गर्दै आगामी दिनमा बैंकको अझ उत्तर उत्तर प्रगतिको कामना गर्नुभएको थियो ।बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साह प्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।