“मेयरकपका आर्थिक संयोजक पाण्डे भन्छन – हामी उत्साहित छौ “

प्रकाशित मिति:

बुटवल – यतीबेला रुपन्देहीको सैनामैना ७ देवापारमा दोस्रो मेयरकप नकआउट फुटबल प्रतीयोगीता सन्चालन भैरहेको छ । दिनरात नभनी स्थानीयदेखी बुद्धिजीबी प्रतीयोगीतालाइ सफल तुल्याउन लागीपरेका छन । यस्तै बिगत लामो इतिहास बोकेको जनप्रिय स्पोर्टस युवा क्लबले चेत्र ९ गतेबाट शुरु गरेको दोस्रो संस्करणको प्रतीयोगीताको आर्थिक संयोजकको भुमिकामा देखिएका छन – युवा ब्यबसायी बिष्णु पाण्डे । जनप्रिय स्पोर्टस् युवा क्लबका कार्यसमितीका सदस्य रहेका पाण्डेले सबलपोष्ट सग कुराकानी गर्दै खेलकुदमा युवाहरुको आर्कषण निकै बढेको बताए ।

क्लबमा दिनरात खटिने यातायात ब्यबसयी रहेका उनले खेलकुद सन्चालनका लागी आर्थिक संकलन चुनौती रहेपनी क्लबले सबैको सहयोगमा प्रतीयोगीतालाइ सफल तुल्याउने बताए । म पहिला फुटबल पनी खेल्थे । खेलकुदको बिकासका लागी स्थानीयस्तरका कार्यक्रमलाइ प्रभाबकारी बनाउनुपर्छ , पाण्डेले सबलपोष्टलाइ संक्षीप्त प्रतीक्रिया दिदै भने – खेलकुदको बिकासका लागी स्थानीयस्तरको सहयोग र नगरपालीकाको उदारताका कारण हामी निकै हर्षित भएका छौ । ” यो बर्षको मेयरकप नकआउट फुटबल प्रतीयोगीता सन्चालन गर्नका लागी नगरपालीकाले ४ लाख सहयोग गरेको बताए । सबैसग मिल्ने क्षमता भएका र हसिला स्वभाबका पाण्डेले सैनामैनाको खेलकद बिकासका लागी आफ्नो क्लबले महत्वपुर्ण सहयोग गरेको बताए । बिस २०४२ सालमा देवापारमा जन्मिएका पाण्डे दुधराक्ष युवा क्लबका मनोनीत सदस्य तथा अखिल नेपाल टेड युनियन महासघंका जिल्ला सदस्य सगै बिभिन्न सघंसस्थामा आबद्ध रहेका छन ।

सबलपोष्ट संगको कुराकानीको अन्त्यमा पाण्डेले चैत्र २० गतेसम्म हुने प्रतीयोगीतालाइ सबैले सहयोग गरेर सफल तुल्याउनुपर्नेमा जोड दिए । दोस्रो मेयरकपमा १६ टिमको सहभागीता रहेको छ भने प्रतीयोगीताको अनुमानीत खर्च १० लाख गरिएको छ । मेयरकपको बिजेताले नगद १ लाख ५५ हजार प्राप्त गर्नेछन ।

प्रस्तुती :- दिपक न्यौपाने