बाँसुरी समुह यूकेको दोस्रो भेला सम्पन्न

प्रकाशित मिति:

यूके । बाँसुरी समुह यूकेको दोस्रो भेला सम्पन्न भएको छ। बेलायतको अल्डरसटमा रहेको एम्पायर हलमा हिजो १७ मार्च आईतबारका दिन उक्त भेला सम्पन्न भएको हो।सन् २०१७ मा फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेको एउटा अभियान बाँसुरी समुहमा रुपान्तरण भएको हो।

यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जाने उद्धेश्यले यो संस्था स्थापना भएको बाँसुरी समुहले जनाएको छ।बेलायतमा हुने हरेक कार्यक्रममा निमन्त्रणा आउन थालेपछि कला प्रदर्शन गर्न सजिलो हुने भएकाले कार्य समिति नै खडा गरेर अगाडि बढेको समुहले बतायो।उक्त “बाँसुरी समुह यूके” ले गत वर्ष “बाँसुरी चौतारी बेलायत” को नामले पहिलो भेला आयोजना गरेको थियो बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, शास्त्रीय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दिपक चाम्लिङ्ले बाँसुरीकै विषयमा समुहलाई जानकारी दिएका थिए।

बाँसुरी समुह यूकेले खड्क क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति पनि गठन गरेको छ।

यस्तो छ समितिको नामावली

अध्यक्षः खड्क क्षेत्री

सचिवः सेमन्त राई

कोषाध्यक्षः लोक थापा

ब्यावस्थापनः कुल थापा

पि आर तथा मेडियाः सुरेन्द्र इङ्नाम

सल्लाहकारः दिपक चाम्लिङ् “प्रतिसुच्चा”

सदस्यहरुः

बिस पुन

भरत राई

कमल थापा

मेघ गुरुङ्ग

भुपाल गुरुङ्ग

पदम गुरुङ्ग